शुक्रबार, बैशाख १४, २०८१

उपनिर्वाचन : प्रतिनिधिसभा सदस्य १ र प्रदेशसभा सदस्य ३ का लागि ६५ उम्मेदवारको मनोनयन

  • प्रतिनिधिसभा सदस्यतफ कास्की निर्वाचन क्षेत्र नं २ प्रमुख राजनैतिक दल, स्वतन्त्र उम्मदेवार सहित कूल २२ जनाको उम्मेदवारी दर्ता
  • भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ का लागि प्रमुख राजनैतिक दल, स्वतन्त्र उम्मदेवार सहित कुल १९ जनाको उम्मेदवारी दर्ता
  •  बागलुङको बागलुङ निर्वाचन क्षेत्र नं २ को प्रदेश ख का लागि काङ्ग्रेसका जितबहादुर शेरचन, वाम गठबन्धनको साझा उम्मेदवार सहित कूल १० जनाको उम्मेदवारी दर्ता
  • दाङ निर्वाचन क्षेत्र नं ३ को ख क्षेत्र को उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दल स्वतन्त्र सहित कूल १४ जनाको  उम्मेदवारी दर्ता

काठमाडौ कार्तिक २१ ,  मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य अन्र्तगत कास्की निर्वाचन क्षेत्र नं २ मा त्यस्तै  प्रदेशसभा अन्र्तगत भक्तपुर निर्वाचन क्षेत्र नं १ को क, बागलुङ निर्वाचन क्षेत्र नं २ को ख र दाङ निर्वाचन क्षेत्र नं ३ को ख क्षेत्र को उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण ढंगबाट भएको जनाएको छ

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं २ मा सत्तारुढ नेकपा ) का तर्फबाट विद्या भट्टराई ,नेपाली काङ्ग्रेसको तर्फबाट खेमराज पौडेल , साझा पार्टीका रजनकी केसी, र स्वतन्त्र उम्मदेवार सहित कूल २२ जनाले उम्मेदवारी दर्ता गराएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ का लागि पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गराएका छन् । आयोगका अनुसार नेकपाका तर्फबाट देवीप्रसाद ढकाल, काङ्ग्रेसका कृष्णलाल भडेल, नेपाल मजदूर किसान पार्टीका नीरज लवजु र स्वतन्त्र समेत गरि कुल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

त्यसैगरि बागलुङको बागलुङ निर्वाचन क्षेत्र नं २ को प्रदेश ख का लागि काङ्ग्रेसका जितबहादुर शेरचन, वाम गठबन्धनको साझा उम्मेदवार सहित कूल १० जनाले उम्मेदवारी दर्ता गराएको आयागले जनाएको छ ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नं ३ को ख क्षेत्र को उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी कूल १४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सो निर्वाचन क्षेत्रमा नेकपाका तर्फबाट विमलाकुमारी ओली, काङ्ग्रेसका केशवराज शर्मा , यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विक, नेपाल मजदूर किसान पार्टीका सुरेश परियार लगायतले उम्मेदवारी दर्ता गराएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्दारा जारी विज्ञप्तिमा उल्ेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।