शुक्रबार, बैशाख १४, २०८१

टीकाका दिन सेनाले निशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौ असोज १७,  वडा दशैँ शुरुभएसंगै न्यून संख्यामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनका कारण सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा समस्या सिर्जना हुन सक्ने पक्षलाइ दृष्टिगत गर्दै नेपाली सेनाले वडा दशैँको टिकाका दिन उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाली सेनाद्दारा जारी सूचनामा उल्लेख भएअनुसार टीकाका दिन नेपाली सेनाले उपत्यकाभित्र बिहान, दिउँसो र साँझ र गरि ३ सिफ्ट विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै जारी सूचनामा उल्लेखभए अनुसार सेनाका मुख्यालय भद्रकालीलाई केन्द्र मानेर ती बस सञ्चालन हुनेछन् । बिहान ८ देखि १०ः३०, दिउँसो १ देखि ३ र साँझ ४ बजेदेखि ६ बजेसम्म निःशुल्क बस सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ । भद्रकाली–कालिमाटी–कलङ्की–नागढुङ्गा,भद्रकाली बल्खु,कीर्तिपुर,भद्रकाली–बानेश्वर–काटेश्वर–गठ्ठाघार–सूर्यविनायक र भद्रकाली–लैनचौर–महाराजगञ्ज बूढानीलकण्ठसम्म

त्यस्तै गरि भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु, भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो कलङ्की–सीतापाइला–बालाजु–महाराजगन्ज–चाबहिल–गौशाला एयरपोर्ट–तिनकुने–भद्रकाली (चक्रपथ) र भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चाबहिल–महाराजगञ्ज–बालाजु सितापाइला–कलङ्की–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) रुटमा सेनाको बस चल्ने उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।