बुधबार, बैशाख १९, २०८१

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट २६० कैदीको सजाय कट्टा, २२ कैदीले पाए माफी

काठमाडौ असोज ३ संविधान दिवसक अवसरमा संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारको सिफारिसमा भीमबहादुर शेर्पासमेतका २६० जना कैदीको बाँकी सजाय कट्टा गर्नुभएको छ भने रामकिशोर साह तेलीसमेत २२ जनाको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।