शुक्रबार, बैशाख १४, २०८१

विराटनगरमा सञ्चालित औषधा फार्मेसीको लापरवाही, टाउकोको बिरामीलाई सुगरको औषधि

काठमाडौं भाद्र ३०, विराटनगरमा सञ्चालित औषधा फार्मेसीले टाउकोको बिरामीलाई सुगरको औषधि दिएको पाइएको छ । गत साउनमा भारतको विहार सिपोल जिल्लाका राम दास आफ्नो टाउनको दुख्ने समस्याको जाँच गराउन विरानगरस्थित न्यूरो अस्पताल आएका थिए ।उनले सम्पूर्ण जाँच गराएपछि डाक्टरले उनलाई टाउको दुख्ने समस्या रहको भन्दै केहि औषधि लेखिदिएका थिए । उनी औषधि किन्न नजिकै रहेको फार्मेसीमा गए । औषधि पसलेले बिमारीलाई गलत औषधि दिएपछि उनको अवस्था पहिले भन्दा झन गम्भीर बन्न पुगेको छ ।

न्यूरो अस्पताल नजिकै रहेको औषधा फर्मेसीबाट राम दासले औषधि खरिद गरेका थिए । डाक्टरले इन्कोरेट सीआर ५०० लेखिदिएकोमा औषधि पसलेले उनलाई इफिमेन्ट ५०० एमजी दिएका थिए । इन्कोरेट टाउकोसम्बन्धी विमारीलाई दिइने औषधि हो भने इन्कोरेट सुगरको औषधि भएको चिकिस्तकको भनाई छ ।

फार्मेसीले दिएको औषधि एक महिनासम्म सेवन गरेपछि डाक्टरलाई फलोअप गराउन गत भदौ २४ गते दास पुनः न्यूरो अस्पताल आएर चेकजाँच गरे ।

चेकजाँचको क्रममा उनलाई गलत औषधि दिइएको डाक्टरले थाहा पाएपछि औषधि व्यवसायीको गलत धन्धाको रहस्य खुलेको हो । उक्त विषयलाई लिएर न्यूरो अस्पतालका सञ्चालक डा। विरेन्द्र विष्टले औषधि व्यवस्था विभाग र प्रशासनमा उजुरी गर्ने निणर्य लिइएको भएता पनि पछि औषधा फार्मेर्सीका सञ्चालक अर्विन्द प्रधानलार्ई एक पटक क्षमा दिने निणर्य भएपछि अहिले घटना दबाउने प्रयास भएकोे पीडित परिवारले बताएका छन् ।

न्यूरो अस्पतालका निर्देशक रञ्जितराज बस्नेतका अनुसार गलत औषधि सेवनका कारण बिमारीको ज्यानसमेत जने अवस्थामा पुग्छ । निर्देशक बस्नेतका अनुसार एक महिनासम्म गलत औषधि सेवन गरेका कारण बिरामी पहिलाभन्दा झनै सिकिस्त भएको खवर आजको आर्थिक दैनिकमा प्रकाशित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।