शुक्रबार, बैशाख १४, २०८१

देशभर छिटपुट वर्षा सहित दशैँसम्म मनसुन सक्रिय रहने

काठमाडौ असोज ७ , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावन औल्याएको छ ।  त्यस्तै महाशाखाले मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रह पनि देशभर हल्का र छिटपुट वर्षा वाहेक निरन्तर भारी वर्षाको सम्भावना नभएको  जनाएको छ ।

त्यस्तै मौसमा देखिएको यहि समस्याका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको जनाएको छ । त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम विश्लेषण बुलेटिनमा हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखा को औसत स्थान देखाउँदै हाल देशको पश्चिमी भुभागमा आंसिक बदली साथै पुर्वी तथा मध्य भुभागमा आंशिक देखि सामान्य बदली रही मध्यका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएकदै आगामी ३ दिनको मौसम सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार असोज ०७ गते राती देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदलि रहनेछ। पूर्वी र मध्य भू- भागका केहि स्थानहरुमा र पश्चिमका १/२ स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज ०८ गते बुधबार दिउँसो :देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असोज ०९ गते बिहिबार दिउँसोस् देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  राती:  देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडि भु-भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।