शुक्रबार, चैत्र १६, २०८०

क्यान्सर पिडित एक युवाको मनकारी एवम सहयोगको लागि यस्तो छ अपिल

काठमाडौं असोज ७,  २० बर्षीय युवा जो परिवारको आधार एवम् आशाका केन्द्रको प्रारुपमा जिम्मेवारी वहन गर्न तयारी अवस्थामा प्रवेश गर्दै गर्दा क्यान्सर जस्तो ज्यानलेवा रोगबाट पिडित बन्दै गर्दा त्यो परिवारको अवस्था कस्तो होला । हामीसहजै अनुमान गर्न सक्छौं त्यो परिवारको अवस्था। हो कैलाश गाउँपालिका वडा नं.६, मकावानपुर घर भएका कक्षा १२ मा अध्ययनरत २०  बर्षीय  मगर पनि यस्तै समस्याबाट प्रताडित भएका छन ।

उनलाइ मुटुको क्यान्सर भएको छ । जुन रोगको उपचार गर्न  नावालक वा ज्येष्ठ नागरिक भएको भए राज्य सरकारबाट केहि सहयोगको अपेक्षा गर्न सकिन्थ्यो । तर मगर युवा भइसकेका कारण त्यो संभव नभएको बताउँदै उपचारका लागि मनकारी सहयोगको अपेक्षा गर्दै उनले आर्थिक सहयोग गर्न अनुरोध गरेका छन ।  हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका मगरको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचारमा लाग्ने पैसा नभएकोले आफु बाच्न चाहेको र कसैले सहयोग गरे पुनः जिवन पाउँथे भन्दै सबैमा सहयोग गरेर बचाउन आग्रह गरेको हो ।

त्यस्तै निजलाइ सहयोग गर्न कैलाश गाउँकार्यपालिका वडापालि न ६,ले समेत आवश्यक सहयोग गरिदिन सवैमा आव्हान गरेको छ ।    सहयोग गर्न चाहनेले नेपाल इन्भेष्टमेन्ट बैक टोखा शाखा, काठमाडौ सुरज अधिकारीको नाममा रहेको खाता नं. ००४०५०८०३६५१०९ जम्मा गर्न अनुरोध समेत गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।