शनिबार, बैशाख १५, २०८१

मन्त्रीपरिषद बैठक बस्दै, बैठकलाइ प्रम ओलीले भिडियो कन्फेरेन्सबाट सम्बोधन गर्ने

काठमाडौं भाद्र ९ , आज बस्ने मन्त्रीपरिषद बैठकमा पहिलो पटक प्रविधिको प्रयोग हुने भएको छ ।  यसअघिको मप बैठकले मप बैठक सञ्चालन विधि संशोधन गर्दै भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरे अनुरुप प्रधानमन्त्री केपी ओली उपचारका लागि सिंगापुरमा रहनु भएपनि भिडियो कन्फेरेन्समार्फत बैठक बस्न लागेको हो ।

आज मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठकमा भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रमको सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।