काठमाडौं साउन ६, धार्मिक दृष्टिले साउन आफैमा पवित्र महिना मानिन्छ। त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व छ। सदियौ देखिनै नेपाली महिलाहरुले साउन महिनाको सोमबारलाई विषेश रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने प्रचलन आफैमा मनमोहक रहेको छ ।
त्यस्तै धार्मिक दस्तावेजमा वर्णित अख्यान हेर्ने हो भने पनि पार्वतीले भगवान शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा विवाहित महिलाहरुले श्रीमानको भलाइको कामना र त्यस्तै गरि अविवाहितहरुले सुयोग्य वरको मनोकांक्षा सहित साउने सोमवारको ब्रत बस्ने गरेको उल्लेख भएको पाइन्छ । साउन महिनाको सोमबारका दिन हरियो वस्त्र धारण गरि नजिकको नदीबाट जल बोकेर शिवलिङ्गमा चढाउँदा शिवजी खुसी हुने धर्मिक मान्यता रहेको पाइन्छ ।
त्यस्तै सोमबारी ब्रतको नामले चिनिएको साउन महिनामा भगवान् शिवको मात्र नभएर कृष्ण र राधाको प्रेमको वर्णन समेत विभिन्न धार्मक ग्रन्थमा गरिएको छ । भगवान् कृष्ण र राधाको प्रेमालापमा साउन महिनाको विशिष्ठ महत्व छ । भगवान् कृष्णले राधालाई कदमको रुखको हाङ्गामा डोरी बाँधेर झुलाउने गर्नुहुन्थ्यो भनी उल्लेख गरिएको छ । त्यसकारण राधाकृष्ण मन्दिरमा झुला लगाई राधाकृष्णको मूर्तिराखी झुलाउने गरेको हामी देख्न सक्छौ भने यो महिनामा मैथिली महिलाहरुले विशेष गरि यो महिनामा आफ्नो पतिको दीर्घायुका लागि मधुश्रावनी पर्व मनाउने गर्छन् ।
नव विवाहित महिलाले १५ दिनसम्म निरन्तर पूजापाठ गर्दै मनाउने यो पर्वको महत्व अझ पृथक रहेको सम्वद्ध व्यक्तिहरुको अभिमत पाइन्छ । यद्यपी बर्षा, प्रेम र झरीको सँगम रहनेसाउनमहिना अन्र्तगत हिन्दू नारीको सवालमा धार्मिक आख्यानमा जे जस्तो भाव व्यक्त गरिए पनि सौभाग्य एवम् संस्कृतिको लागि मात्र होइन, फेसनको प्रारुपमा भए पनि यो महिनामा हरिया भेषभूषामा सजिएका हरियो चुरा र मेहेन्दी लगाएका महिलाहरु शिव मन्दिरहरु मात्र नभएर शहरबजारमा समेत देख्न पाइन्छ । अझ कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउने गरेको पक्षलाई हेर्ने हो भने यो पक्ष फेसनको रुपमा बढ्दै गएको र फेसनकै कारणबाट भए पनि चाडवाड सङग जोडिएको हाम्रो संस्कृतिको जर्गेनाका लागि केहि सहजता भएको बोध गर्न सकिन्छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान