शुक्रबार, बैशाख १४, २०८१

सरकारी जग्गा अतिक्रमणकारी जो कोहि भएपनि कारवाही हुन्छ :नेता पौडेल

यो वा त्यो नाममा भ्रम सिर्जना गर्ने सरकारको रवैयाले घटनालाइ थप रहस्यमय:   नेता  विश्वकर्मा 

काठमाडौ बैशाख १८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले भूमाफियासँग मिलेमतो गरेर सरकारी जग्गा अतिक्रमण गर्ने जस्तोसुकै ठूलो ओहदाको भए पनि सरकारले कारवाही गर्ने सवालमा कुनै सम्झौता नगर्ने बताउँनु भएको छ । राजधानीमा मंगलवार आयोजित साक्षात्कारमा वोल्दै नेता पौडेलले वर्तमान सरकार सरकारी जग्गा संरक्षणमा प्रतिवद्ध रहेको बताउँदै सरकारी जग्गा हिनामिना गरेको प्रमाणित भएको अवस्थामा जोसुकै पनि कानूनी कारवाहीको भागिदार बन्नुपर्ने बताउँनु भएको छ।

साथै उहाँले नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकारी हैसियत प्रयोग गरेर ललिता निवासको जग्गा खरीद गरेको कुनै प्रमाण नभेटिएको अवस्थामा कारवाहीको प्रसंग न्यायोचित नभएको वनाउ दिनु भएको छ । तर यसवीचमा त्यस्तो कुनै प्रमाण भेटिए व्यक्तिको अनुहार नहेरी भ्रष्टाचारीलाई कानूनी कारवाही गरेर सरकारले सरकारी जग्गाको संरक्षण गर्ने बताए ।

कार्यक्रमका अर्का वक्ता काङ्ग्रेसका नेता मीन विश्वकर्माले नेकपाकै वरिष्ठ नेता जग्गा खरीद प्रकरणमा मुछिएको अवस्थामा निष्पक्ष छानविन भन्दा पनि प्रतिरक्षा गर्दै यो वा त्यो नाममा भ्रम सिर्जना गर्ने सरकारको रवैयाले घटनालाइ थप रहस्यमय बनाएको बताउँदै कीर्ते कागज र कीर्ते मोही खडा गरी किनबेचमा संलग्न व्यक्तिलाइ संरक्षण भन्दा पनि कारवाही हुनुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले ललिता निवासजस्तो ऐतिहासिक जग्गा खरीद प्रकरणमा नेतालाई छुट हुने र सर्वसाधारणलाई मात्र कानून लाग्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।