शनिबार, बैशाख १५, २०८१

राज्यसत्ताको दुरुपयोग गरी सरकारी जग्गा अतिक्रमण गर्ने दोषीलाई कारवाहीको माग

काठमाडौं बैशाख ३० , एघार विद्यार्थी सङ्गठनले राज्यसत्ताको दुरुपयोग गरी बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया, कर्मचारी लगायतलाई छानबिन गर्न माग गरिएको छ ।

त्यस्तै निजी शैक्षिक संस्थाले गैरकानूनी रूपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गदैं शिक्षा र स्वास्थ्य आम जनताको पहुँचमा पुर्याउँन सरकारले उदासिनता प्रकट गरेकोमा तिव्र विमति जनाउँदै आइतवार सङ्गठनद्वारा जारी गर्दै यस्तो माग गरेको हो ।

त्यस्तै विज्ञप्त्मिा मेडिकल कलेजको मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी जनताको प्रतिव्यक्ति आयका आधारमा निश्चित शुल्क लिन वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने लगायतको माग  सहित  नेविसंघका  नेता ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज  नगरे    विद्यार्थी आनदोलनको भेल शुरु गरिने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।