शुक्रबार, बैशाख १४, २०८१

मिडिया काउन्सिल विधेयकबारे पुन विचार गर्न सत्तारुढदलका नेता रावलको सुझाव

वंशजको आधारमा नागरिकता दिन परिपत्र गर्ने सरकारको कदम आफैमा सशंयपूर्ण

काठमाडौ जेठ ६ ,सत्तारुढदल नेकपाका नेता भीम रावलले मिडिया काउन्सिल विधेयकबारे सञ्चार क्षेत्रबाट उठाइएका दण्डसजायलगायत विषयमा पुनःविचार गर्न सत्तारुढदलका सरकारलाई सुझाव दिनुभएको छ । आज राजधानीम आयोजित कार्यक्रममा वोल्दै नेता रावलले समाजलाई निरन्तर चेतना र उज्यालो दिशातर्फ जागृत तुल्याउँदै आएको पत्रकार जगत्का अधिकार कुण्ठित गर्ने प्रयास गर्नु आफैमा कल्पना भन्दा वाहिरको प्रसंग भएको जिकिर प्रस्तुत गर्नु भएको छ।

त्यस्तै उहाँले प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासको जग्गा कुनै व्यक्तिले आफ्नो नाममा नामसारी गर्ने काम आफैमा अपाराधिक मानसिकताको पराकाष्ठा भएको बताउँदै सार्वजनिक सम्पत्ति आफनो स्वामित्वमा लिने प्रयास गर्ने जोकोहि भएपनि कारवाही हुनुपर्नेम जोड दिनु भएको छ ।

त्यस्तै नेता रावलले सर्वाेच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन र पालना नगर्ने, अनि जसलाई बदर गर्नू भनेर अदालतले भनेको छ, उनीहरुकै सन्तानलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गर्ने सरकारको कदम आफैमा सशंयपूर्ण रहेको बताउँनु भएको छ। साथै सरकारको प्रस्तुत कदमले नेपालको अस्तित्वमा ठूलो सङ्कट पैदा गर्ने बताउँनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।