शुक्रबार, बैशाख १४, २०८१

ललितपुरको सानेपामा ट्रक भ्यान ठोक्किँदा दुईको मृत्यु एकजना घाइते

काठमाडौं चैत २२,   ललितपुरको सानेपानजिकै आज विहान जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरको ना१घ ५३३ नम्बरको ट्रक र बा७च २१३१ नम्बरको भ्यान ठोक्किँदा भएको दर्घटनामा भ्यानचालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको समाचार प्राप्त भएको छ ।

महानगरीय प्रहरी प्रभाग सानेपालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार आज बिहान करिब साढे ११ बजे एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको सो ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको भ्यान आपसमा ठोक्किएको बताईएको छ । त्यस्तै मृत्यु हुनेमा दोलखा, ठूलोपाखरका भ्यानचालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षीया डोल्मा शेर्पा रहेको प्रहरीले जनाएको छ ।  फोटो : गुगल

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।