शुक्रबार, बैशाख १४, २०८१

राहत वितरणका लागि राप्रपा (संयुक्त) का अध्यक्षद्वय हावाहुरी प्रभावित क्षेत्रमा

काठमाडौं चैत २२, गत आइतवार साँझ आएको वारा, पर्साका हावाहुरीका कारण क्षतविक्षत प्रभावित क्षेत्रको स्थलगत भ्रमण पछि आज पिडितलाइ राप्रपा.(संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले राहत वितरण गरेका छन् ।

राहत वितरणको क्रममा विपदमा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई त्रिपाल, लत्ता कपडालगायत रु १२,५०० का दरले राहत वितरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

राणा र लोहनीले विरगंजस्थित नारायणी अस्पतालमा उपचार गरीरहेका घाइतेको स्वास्थ्य अवस्था बारे जानकारी लिदै उपचारारत विरामीसंग भेटवार्ता सहित फलफुल वितरणका लागि राप्रपा (संयुक्त) का स्थानीय निकायले मृतक परिवारका घर घरमा पुगी राहत वितरण गर्न पार्टीको स्थानीय निकायलाई अध्यक्षद्वयल े निर्देशन दिएको समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।