बुधबार, बैशाख २६, २०८१

काङ्ग्रेसको पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर बैशाख ११ बाट जागरण अभियान घोषणा

काठमाडौ  बैशाख ४, नेपाली काङ्ग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर आगामी बैशाख ११ बाट राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । मंगलवार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्र्तगत काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धी नागरिकमा पु¥याउने अभियानका उद्देश्य रहेको बताउँदै वर्ष ०७६मा तीन चरणमा शुरु गरिने जागरण अभियान सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म आयोजना हुने बताईएको छ ।

यस्तो छ राष्ट्रिय जागरण अभियानका उद्देश्य :   (१) नेपाली कांग्रेस पार्टीको महासमिति वैठकवाट पारित निति, कार���यक्रम र संशोधित विधान बारे पार्टीको स्थानिय तहसम्म साथीहरु एवं आम शुभचिन्तकलाई ब्यापक ढंगले सूसुचित गर्न ।

(२) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न ।
(३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।
(४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले  प्रष्ट्याउन । (बुढी गण्डकी, वाइड वडी लगायतका)
(५) नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।
(६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवाद मार्फत् जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन ।
(७) तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्न ।
(८) कम्युनिष्ट पार्टीको सरकार बनेपछि कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उव्जिएको प्रतिकुल परिणाम, वौद्धिक समुदायप्रतिका अवौद्धिक टिप्पणीहरु र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षीत वेथीति, आदि सन्दर्भले मुलुकको छविलाई पारिरहेको असर बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।
(९) तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।
(१०) नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन ।
(११) भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो सम्भावित विपद सामना गर्ने सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्णण गर्न ।
(१२) स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन ।
(१३) वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।
(१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
(१५) नेपाली कांग्रेसको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ/नगर टोलसम्म व्यापक ढंगले प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्न ।
त्यस्तै प्रस्तुतको  अभियान प्रथम चरणमा वैशाखको लोकतन्त्र दिवसमा प्रारम्भ भई जेठ ११ मा समापन हुनेछ भने दोस्रो चरण भाद्र २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ मा समापन हुन बताईएको छ । त्यस्तै तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने कार्यतालिका रहेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनु भएको छ । साथै प्रवक्ता शर्मामा अनुसार  अभियानको शुभारम्भ ७७ स्थानमा एउटै समयमा गरिने छ । काठमाडौँ जिल्लामा केन्द्रीय सभापतिले कार्यक्रम उद्घाटन गर्नुहुने छ । अन्य ७६ जिल्लामा सोही समयमा पार्टी केन्द्रबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिले उद्घाटन गर्ने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।