शुक्रबार, बैशाख १४, २०८१

सभामुखले राजपाको माग सम्बोधन गर्न सरकालाइ निर्देशन दिएसंगै संसद बैठक सुचारु

काठमाडौ फागुन २९,  प्रतिनिधिसभाको आज बसेको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गरेसंगै राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो ।

त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनका सार्वजनिक गर्न माग गर्दै प्रतिवेदन सार्वजनिक नभएसम्म ससंद  सञ्चालन हुन नदिइने बताउँनु भएको थियो ।

त्यसपछि राजपा सासंदलाइ सभामुख महराले सो विषयमा आफूले सरकारलाई निर्देशन गरेको हुँदा आआफ्नो स्थानमा बसेर सदनको बाँकी काम सञ्चालन गर्नका लागि सहयोग गर्न भन्दै गर्दा लगातार विरोधमा उत्रेका कारण सभामुखले प्रतिनिधिसभाको पहिलो बैठक १० मिनेटका लागि स्थगन भएको घोषणा गर्नुभएको थियो ।

त्यस लगत्तै बसेको संसदको अर्को बैठकमा सभामुख महराले राजपाको मागअनुरुप गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सभामुखको निर्देशनपछि राजपाका सांसदले आआफ्नो स्थान ग्रहण गरेपछि सदनको कारवाही सुचारु भएको थियो ।

यसैवीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश लोक सेवा आयोगको आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव प्रस्तुत अर्थात दसवै विधेयक, लाई पारित गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।