शनिबार, बैशाख १५, २०८१

राष्ट्रकवि घिमिरेलाइ महाअभिनन्दन समर्पण

काठमाडौं चैत १४ , डा.हर्ष बहादुर बुडामगरको आठौ स्मृति दिवसको अवसरमा डा।हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानद्दारा आज एक कार्यक्रमकावीच राष्ट्रकवि माधव प्रसाद घिमिरेको लैनचौरस्थित निवासमा समर्पण गरिएको छ ।

हुनत प्रतिष्ठानद्दारा गत माघ २० गते राजधानीमा आयोजित राष्ट्रकवि  महाअभिनन्दन कार्यक्रममा प्रस्तुत महाअभिनन्दन ग्रहणका लागि राष्ट्रकवि घिमिरे विसन्चो भएका कारण  अभिनन्दन ग्रहण गर्नका लागि उपस्थित हुन नसक्नु भएपछि उहाँलाइ आज रु ५१ हजार राशी सहित अभिनन्दन पत्र दोसल्लाको  महाअभिनन्दन समर्पण गरिएको हो । त्यस अवसरमा राष्ट्रकवि घिमिरेका धर्मपत्नी महाकालीदेवी लाइ समेत अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ उन्नती बोहराले कला साहित्यलाई थप उजागर र बिकसित गर्न प्रतिष्ठानले काम गर्दे आएको बताउँदै राष्ट्रकवि घिमिरे सहित उहाँको धर्मपन्ती समेतलाइ अभिनन्दन गर्नु पाउँनु प्रतिष्ठानको लागि महत्वपूर्ण उपलब्धी भएको बताउँनु भएको थियो । कार्यक्रमका प्रतिष्ठान आवद्ध एवम वरिष्ठ सञ्चारकर्मी अस्मिता भण्डारीले राष्ट्रकवि  निवासमा रहेको उहाँको संग्रहालयको संरक्षणका लागि तत्काल नेपाल सरकारले पहलकदमी लिनु पर्ने बताइन   ।

कार्यक्रममा बिभिन्न साहित्यीक बिधाका बिज्ञ व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

यसैवीच कार्यक्रममा डा, हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानद्वारा राजधानीमा  केहि समय पहिले आयोजित ‘पहिलो लाहुरे विद्यावारिधि डा.हर्षबहादुर बुढामगर’ स्मृतिग्रन्थको लोकापर्ण कार्यक्रमलाइ सम्बोधन गर्दै उपराष्ट्रपति नन्दवहादुर पुनले हर्षबहादुर बुढामगरको नाममा हुलाक टिकट प्रकाशनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए अनुरुप आजकै दिन सम्वद्ध निकायले डा, बुढामगरको तस्वीर अंकित हुलाक टिकट प्रकाशनको लागि स्वीकृति जनाएको जानकारी समेत दिईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।