शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस उपसभापति निधिले भने- नेपाल किमार्थ हिन्दूराष्ट्र बन्न सक्दैन

काठमाडौं चैत १५,  नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल किमार्थ हिन्दूराष्ट्र बन्न नसक्ने दावी गर्नु भएको छ ।  त्यस्तै उहाँले नेपाली काँग्रेस पनि हिन्दूराष्ट्रको पक्षमा नरहेको बताउँदै  पार्टी  महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने सवालमा दिनु भएको अभिव्यक्ति प्रति आफु जानकार नभएको जनाउ दिनु भएको छ ।

त्यस्तै उहाले पार्टीलाई सङ्गठित बनाउँन राष्ट्रिय जागरण अभियानको तयारी रहेको बताउँदै अनुशासन समितिले आफ्नो काम प्रारम्भ गरिरहेको र विधानबमोजिम नै सो समितिले आफ्नो अधिकार प्रयोग गर्ने यसमा कसैको हस्तक्षेप नहुँने जनाउ दिनु भएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।