शनिबार, बैशाख ८, २०८१

सनराइज र लाइफ इन्स्योरेन्सवीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं चैत्र १५ , सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन लि. बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । प्रस्तुत सम्झौतामा सनराइजका बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन लि. का प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गर्नुभएको छ ।

प्रस्तुत सम्झौता अनुसार सनराइज बैकले देश भर रहेका १०३ वटै शाखाबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजना  बिक्री गर्न सक्ने बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाउँदै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।