शुक्रबार, बैशाख १४, २०८१

शिक्षामा सबैको पहुँचलाई वोलीमा होइन व्यवाहरमा कार्यान्वयन गर्न आवश्यक: प्रदेश प्रमुख कोइराला

शरण डंगोल / काठमाडौं फागुन ४, शिक्षित नेपाल समृद्ध नेपाल, स्वस्थ नेपाल सुरक्षित नेपाल” भन्ने मूल नाराका साथ प्यारागन पब्लिक स्कूल, तिलगंगाले विद्यालय स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा आज पाँचौ खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाले वोली भन्दा व्यवाहार कार्यान्वयनको पक्षमा जो्ड दिदै नारामा मात्र सिमित रहेको निःशुल्क एवम् सर्वसुलभ शिक्षा व्यवाहरमा कार्यान्वयन गर्दै सबैको पहुँचलाई उतार्नु जरुरी रहेको बताउनु भएको छ । त्यस अवसरमा प्रदेश प्रमुख कोइरालाले विद्यालयका संस्थापक निर्देशक स्व. सकिल उद्धिनको स्मृतिमा निर्मित विद्यालय स्मारकको अनावरण गर्नुको अलावा वडिविल्डीङ्गका विश्वविजेता महेश्वर महर्जन समेतलाइ ताम्रपत्र तथा नगद रु. २५हजार र सम्मानपत्रबाट सम्मानीत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा विधागतरुपमा आयोजित खुल्ला दौड प्रतियोगितामा महिला खुल्ला (रातो) तर्फ त्रिभुवन आर्मि क्लबका विश्वरुपा बुढा प्रथम, सन्तोष श्रेष्ठ द्वितीय र पुलिस क्लबका राजपुरा पाछै तृतीय भए भने पुरुष खुल्ला (रातो) तर्फ आर्मिका गजेन्द्र राई, हरि रिमाल तथा टीकाराज कटुवालले क्रमशः प्रथम द्वितीय र तृतीय पुरस्कार

त्यस्तै अन्तर विद्यालय महिला तर्फ बिनिता स्याङतान (कोटदेवी) प्रथम, बिलाक्षी गौतम (प्यारागन) दोश्रो तथा एलिना के.सी. (तेरेसा एकेडेमी) तेश्रो भए भने पुरुष तर्फ सन्तोष नाथ योगी (बडि मालिका, कालिकोट) प्रथम, नविन कार्की (श्री गणेश) दोश्रो र आलोक थापा (न्यू नलेज) तृतीय पुरस्कार र विद्यालय स्तरीय खुल्ला महिला दौडतर्फ अनु अधिकारी, सुनिता राई र तारा गुरुङ्ग क्रमशः प्रथम, द्धितीय र तृतीय भए भने पुरुषतर्फ भेग बहादुर पहाडा, किरण राई, निमा दोर्जीला र पूर्व विद्यार्थीवीच भएको दौडमा महिला तर्फ रबिना श्रेष्ठ तथा पुरुष तर्फ पेम्बा शेर्पा प्रथमलाइ क्रमशः प्रथम, द्धितिय र तृतीय हुने खेलाडीलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि गिता राणा ,प्रबन्ध निर्देशक साकिर उद्धिनलगायतले विद्यालयको सफलताको लागि शुभकामना दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।