शनिबार, बैशाख १५, २०८१

नेता थापाले भने- प्रमले भ्रष्टाचार गर्न नदिने र आफू पनि नगर्ने बताइरहँदा मुलुकमा भ्रष्टाचारको तथ्याङ्क आकासिए

काठमाडौ माघ २०, प्रतिनिधिसभाको आज बसेको बैठकको नेपाली काँग्रेसका सासंद गगन थापाले आफ्ना पार्टीका नेताद्दय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल सरकारले नियोजितरुपमा विघटनको सङ्घारमा लैजादैगर्दा प्रतिप्रक्षी दलको नियमित दबाबका कारण सरकार उक्त गल्ती सच्याउन बाध्य भएको बताउनुभएको छ ।

बैठकको प्रारम्भमा काङ्ग्रेस सांसदको तर्फबाट बैठक अवरुद्धताका लागि आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले काङ्ग्रेसका तर्फबाट सांसद थापालाई बोल्नका लागि दिनु भएको समयमा नेता थापाले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै बोल्ने क्रममा नेता थापाले पूर्वप्रधानमन्त्रीद्वयको नाम कसैले अस्पतालबाट हटाउने जुन प्रयास गरे त्यो प्रयासका कारण अव आगामी दिनमा प्रतिपक्षीको भूमिका परिवर्तन भएको बताउँदै सरकारलाइ पटक पटक सच्चिन आग्रह गर्दा सरकारले प्रतिपक्षीदलको आग्रहलाइ कमजोरी सम्झने  प्रयास भएको  बताए   । साथै उहाँले  सरकारको  यो नजरअन्दाजपन   स्वयम सरकारको लागि मङ्गगो पर्ने बताउँदै डा गोविन्द केसीको यसअघिको अनशनका बेला स्वयं प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता कार्यान्वयन नहुँदा प्रधानमन्त्रीप्रतिको विश्वास गुमेको उहाँले टिप्पणी समेत गर्नु भएको छ ।

त्यस्तै उहाँले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने र आफू पनि नगर्ने बताइरहँदा मुलुकमा भ्रष्टाचार बढेको तथ्याङ्क आकासिएको भन्दै सरकार र सरकारको रवैया चौतर्फी आलोचित भएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।