विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित ,अव केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने
काठमाडौ फागुन १२ नेपाली काङ्ग्रेस आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संघीय अवधारणा अनुरुपको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्दारा जारी विज्ञप्तिमा बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव एवमरमहासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा। प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीतिको प्रस्ताव समेत परिमार्जनसहित पारित गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
स्मरण रहोस :आजकको बैठकलले बहुमतको आधारमा प्रस्तुत विधान पारि भएसंगै अव केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने भएका छन। यसअघि महासमिति बैठकमा पनि विधानको विवादले चर्को रुप लिएपछि संस्थापन र असन्तुष्ट पक्षबीच केन्द्रीय सदस्यहरु पनि वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र समावेशी सहभागिता दोहोरिन नहुने सहमतिकायम गरिएको थियो । यद्यपी प्रस्तुत निर्याय प्रति रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत ११ जनाले असहमति जनाएका छन् ।
त्यस्तै बैठकमा काङ्ग्रेसले सरकारले ससंदमा दर्ता गराएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ का केही प्रावधानले नागरिको अभिव्यक्ति स्वतन्त्रालाई संकुचन गर्ने ठहर गर्दै विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालको प्रयोगमा रहेका कतिपय बेथिति नियन्त्रण गर्न राज्यले राख्नुपर्ने सतर्कताप्रति कसैको विमति हुन्न तर त्यसका नाममा सामाजिक सञ्जाललाई क्रमशः बन्देज लगाउने स्थितिप्रति कदापि समर्थन जनाउन सकिन्न, यो बैठक सो विधेयकका अनुदार प्रावधान सच्याउन सरकारलाई सचेत गराउन चाहन्छ । त्यस्तै बैठकले फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रता कुण्ठीत गर्ने केही प्रावधान सच्याउन जारी रहेको काङ्ग्रेसको पूर्ववतः धारणा पुनःस्मरण गराउँदै सो संहितालाई संशोधन गरिनुपर्ने आवश्यकताप्रति गम्भीर हुन र संशोधन प्रक्रिया प्रारम्भ गर्नसमेत सरकारसँग माग गरेको छ ।
त्यस्तै बैठकले पछिल्लो समय एनसेलका कैयन टावरमा पु-याइएको क्षतिले केवल सो संस्थालाई मात्रै असर पुग्ने नभई राष्ट्रकै सम्पत्ति नष्ट हुने विषयप्रति गम्भीरता जरुरी रहेको जिकिर सहित हत्या हिंसाको चपेटाबाट मुक्त भएर शान्तिपूर्ण ढङ्गले अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो बाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद् रहेको ठहर सहित बम विष्फोटका घटनाको निन्दा गर्दै त्यसबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । साथै घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना सहित स्व गुरुङको परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन र सबै घाइतेको सम्पूर्ण उपचार निःशुल्क गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँण, नवीन्द्रराज जोशी, डा चन्द्र भण्डारी, शङ्कर भण्डारी र गगनकुमार थापाले आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक फागुन १४ गते बिहान ११ बजे पुनःबस्ने प्रवक्ता शर्माद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान