शनिबार, बैशाख १५, २०८१

३० किलो चरेससहित ३ अभियुक्त प्रहरी नियन्त्रणमा

काठमाडौं पुस २५, नेपाल प्रहरीको प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो बाँकेको कोहलपुरबाट गएराति ३० किलो चरेससहित ३ जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जबाट प्राप्त जानकारी अनुसार प्रहरीले पक्राउ गरेका चरसका कारोवारीहरु क्रमस सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेको जनाउँदै पक्रउ परेको अभिुक्तत्रयले लामो समय यतादेखि चरेसको विक्रि वितरण गर्दै आइरेको जनाएको छ ।

त्यस्तै अभियुक्तत्रयलाइ आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।