शनिबार, बैशाख १५, २०८१

कालीमाटी-टंकेश्वर सडक खण्डको कालोपत्रे गुणस्तरिय बनाउँन सासंद श्रेष्ठको निर्देशन

काठमाडौं पुस २६ , काठमाडौं महानगरपालिका वडा न १३ स्थित कालीमाटी टंकेश्वर सडक निर्माणको क्रममा भइरहेको प्रगतिको आज यस निर्वाचन क्षेत्रबाट संघीय ससंदमा प्रतिनिधीत्व गर्ने सासंद जीवनराम श्रेष्ठ नेतृत्वको प्रतिनिधी मण्डलले स्थलगत जानकारी लिनु भएको छ ।

लामो समयदेखि यस क्षेत्रको सडकमा विद्यमान दुरावस्थाका कारण स्थानीय जनताले निकै असहज परिस्थतीको सामना गर्दै आएको पक्षलाइ दृष्टिगत गर्दै सासंद श्रेष्ठको पहलकदमीमा सडक विभागले सडक निमांण कार्यको थालनी गरेको हो ।

कालीमाटी टंकेश्वर सडक खण्डमा अहिले व्यवस्थितरुपमा दल निकाुको निमांणसंगै सडक ग्राभेलिङ्ग गर्ने कार्य भइरहेको र अवका केहि दिनमानै कालोपत्रे गर्ने काम गरिने सडक निमांणको जिम्मा पाएको कम्पनीले सासंद श्रेष्ठलाइ जानकारी दिनु भएको छ ।

 त्यस अवसरमा सासंद श्रेष्ठले कालो पत्रे गर्दा गुणस्तरिय एवम् मजवुत किसिमको बनाउँन निर्देशन दिदै छिटोभन्दा छिटो निमांण कार्य सम्पन्न गर्दै स्थानीय जनताका लागि सहज वातावरण तयार गर्न जरुरी  रहेको   बताउँनु भएको छ ।  सडक खण्डको स्थलगत जानकारी लिनेक्रममा सासंद श्रेष्ठसंगै सोहि निर्वाचन श्रेत्रबाट निर्वाचित प्रदेश सासंद राजेश शाक्य र स्थानीय वडाका वडाध्यक्ष ध्रुव नारायण मानन्धर लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।