शुक्रबार, बैशाख १४, २०८१

१७ औ बसन्तमा रमाउँदै गरेकी अर्चनाले भनिन-मोडलिङ्गको माध्यमबाट सवैको मन जित्छु

  काठमाडौं मंसिर २४,  अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा मिस एसएलसी नेपाल नामक सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनले प्रतियोगितामा बिजेता नभएपनि मोडलिङ्गमा आउन धेरैनै सपोर्ट मिलेको उनको धारणा अभिव्यक्त गरकी छिन ।

भर्खरै १७ औ बसन्तमा रमाउँदै गरेकी अर्चना अहिले कक्ष ११ मा अध्ययन गर्दैछिन। ५ फिट २ ईन्च उचाईकी उनि म्युजिक भिडियो तथा र्याम्प शो को अवसरको प्रतीक्षामा रहेकी बताउँछिन । बिधालय स्तरमा हुने बिभिन्न कार्यक्रममा अव्वल कलाको प्रस्तुतिदिदै सबैको मन जितेकी उनले मोडलिङ्गको माध्यमबाट देश-विदेशमा रहेका सबै नेपालीको मन जित्ने सपना बोकेको बताउछिन।                                                         

 

कमलादी, पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोसुमा फोटोसुट गरेकी उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन । परिवारको साथले मोडलिङ्गमा प्रवेशगरेको बताउने अर्चनालाई हेरौ आकर्षक तस्बिर … फोटो : कुबेर तामाङ्ग, मेकअप :सरिता थापा मगर र गौरी रुम्बा श्रेष्ठ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।