बिहिबार, बैशाख १३, २०८१

 प्रम ओलीले भने- संघीयता हाम्रा लागि नयाँ खेल हो ,हामीले यसमा अब्बलता कायम गर्नुपर्छ

काठमाडौं मंसिर २३,  मुलुकमा सम्पन्न ३ तहको निर्वाचन  प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक बसेको अन्तरप्रदेश परिषद्को बैठकलाइ सम्बोधन गर्दै केन्द्रीय सरकार प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी ओलीले संघीयता मुलुकको लागि नयाँ अभ्यास भएको जनाउ दिदै यसलाइ संस्थागत गर्न केहि समय लाग्ने र त्यपछि यस वीचमा देखिएको यावत असहज परिस्थितको स्वभाविक रुपमा क्रमस सम्बोधन हुँदै जाने बताउँनु भएको छ ।

साथै उहाँले सम्बोधनको क्रममा भने त्यो खेलाडी च्याम्पियन हुन्छ जसले नियमित अध्यास गर्दै आफुलाइ निर्खाछ र उ सर्वोकृष्ट खेलाडी समेत घोषित हुन्छ भन्दै संघीयता पनि यस्तै नयाँ खेल भएको र विस्तारै हामीले यसमा अव्वलता कायम गर्दै जाने बताए

अन्तरप्रदेश परिषद् बैठकमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसहित केन्द्र सरकारका मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा परीक्षक सहभागीतामा केन्द्र र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, कर्मचारी समायोजन, प्रहरी प्रशासनको परिचालन र यसको लागि आवश्यक कानुन निर्माण जस्ता मुलभुत विषयमा सिर्जना भएको असमझदारी एवम् कार्य सम्पादनको क्रममा देखिएको असहजता का सवालमा विचार मन्थन गरिने कार्य योजना रहेको छ ।

यद्यपी यी यस्ता विषयगत समस्या  सहित आजको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत,प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सूब्बा गुरुङले आफ्ना धारणा राख्नु भएको छ भने बाँकी तीनवटा प्रदेशका मुख्यमन्त्रीहरूले सोमवार बस्ने बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।