शुक्रबार, बैशाख १४, २०८१

 माकेका अध्यक्ष किराँतीले भने- विप्लब र वैद्य माओवादीसँग हाम्रो एकता हुँदैछ

काठमाडौ पौष १,  पुस नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले ‘ आफ्नो पार्टीको तर्फबाट आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने र यसको सम्पूर्ण तयारी पूरा भइसकेको समेत जनाउ दिनु भएको छ ।त्यस्तै पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले विप्लब र वैद्य माओवादीसँग आठौँ महाधिवेशनपछि पार्टी एकता समेत हुने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।