शुक्रबार, बैशाख १४, २०८१

तमु ल्होसारको अवसरमा शुभकामना सन्देश मार्फत कसले के भने ?

काठमाडौ पुुस १५ , गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गर्दै मनाइने चाड ‘तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओली,पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख छ ।  यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन् । साथै मौलिक धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु र्भको छ । साथै सन्देशमा उहाँले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेकाले यसलाई सफल बनाउन तमु समुदायले सरकारसँग सहकार्य गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुको अलावा तमु लेसारले नेपाली समाजमा सद्भावना बढाउँदै आएको उल्लेख गर्नु भएको छ ।

त्यस्तैगरि गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले दिनु भएको शुभकामना सन्देशमा राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा हुनसक्ने भन्दै राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त भएको बताउनुभएको छ । उहाँले तमु ल्होसारले नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना समेत गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।