शुक्रबार, बैशाख १४, २०८१

आजबाट दुइ दिने राष्ट्रिय जलवायू सम्मेलन २०७५’ आजबाट सुरु हुँदै

काठमाडौं पुस १६,  मेलम्ची नगरपालिकाको गुफाडाँडामा ‘राष्ट्रिय जलवायू सम्मेलन २०७५’ आजबाट सुरु हुँदैछ । ७७ ओटै जिससका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरुले सम्मेलनमा जलवायु परिर्वनको असरका सवालमा विश्वको ध्यनाकर्षण गराउँन सम्मेलनमा छलफल गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
सम्मेलनमा सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक औपचारिक कार्यक्रमकावीच आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको बताईएको छ । त्यस्तै सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत हुने बताईएको छ ।

दुई दिनसम्म चल्ने मसलत प्रस्तुत सम्मेलनले जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा त्यसको कार्यान्वयनका लागि संयन्त्र बनाउन सम्मेलनमार्फत विशेष जोड दिइने भएको छ ।

यसैवीच प्राप्त समाचारमा उल्लेख भएअनुसार सम्मेलन हुने गुफाडाँडालाई यतिखेर दुलही झैं श्रृंगारिदै जलवायु परिवर्तन सम्बन्धीको संचेतनात्क प्रतिमा गरिएको । त्यस्तै भइसकेको छ भने ७७ वटै जिल्लाको नामाकरण गरिएको पोलमा राष्ट्रिय झण्डा फरफराइ सकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।