आइतवार, बैशाख १६, २०८१

समाजमा हुने सवै खालका घटनाको कारकतत्व लागुऔषध र मदिरा सेवन :गृहमन्त्री थापा

 काठमाडौ असोज २६, गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै समाजमा हुने हिंसा प्रतिहिंसा लगायत यावत घटनाको कारक तत्व भनेको लागुऔषध मदिरा सेवन भएको जनाउ दिदै पहिले यसको रोकथाम जरुरी रहेको बताउँनु भएको छ ।

मन्त्रालयद्दारा आयोजित उक्त कार्यक्रममा उहाँले समाजमा अझैपनि यो वा त्यो वहानामा खलल निम्त्याउँन कृहि अराजक तत्व सक्रिय रहेको जनाउ दिदै अभियानका प्रारुपमा यी यस्ता घटना र कारकतत्वलाइ नियन्त्रण गर्न जरुरी रहेको बताउँनु भएको छ ।

त्यस्तै मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि स्थानीय तहले क्षेत्रगत योजना सहित कार्य सम्पादन गर्नु पर्नेमा बताउँनु भएको उक्त कार्यक्रममा काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरीवीच कार्यगत एकताको आवश्यकता औल्याउँदै महानगरले यस्ता घटना नियन्त्रण र न्यूनिकरणका लागि सिसी क्यामरा जडान गर्दै महानगरले पार्किङ सुरक्षा व्यवस्थापनका लागि ट्राफिक प्रहरी नेपाल प्रहरीसंग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउँनु भएको छ ।

त्यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्त लगायतले प्रस्तावित विषयमा आफ्नो अभिव्यक्ति दिनु दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।