शनिबार, बैशाख १५, २०८१

गम्भीर प्रकृतिका घटनामा संलग्नलाई यो वा त्यो वहानामा उन्मुक्ति दिन सकिदैन् : डा.कोइराला

काठमाडौं असोज २३ ,  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले द्धन्द्धकालका समयमा भएका कुनैपपनी गम्भीर प्रकृतिका घटनामा संलग्नलाई यो वा त्यो वहानामा उन्मुक्ति दिन नहुने बताउँनु भएको छ । नेता कोइरालाले आज चितवनको बाँदरमुडे घटनाका पिडितहरुसँग अन्तरसंवाद गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो । साथै उहाँले अन्तरुंवादको क्रममा द्धन्द्धकालका हरेक घटनालाई एउटै डालोमा राखेर तुलना गर्न नहुने जनाउ दिदै घटनाको प्रकृति अनुरुप संलग्नलाई कार्वाहीको दायरामा ल्याइनु पर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै नेता कोइरालाले शान्ति प्रक्रियाका कतिपय प्रक्रिया निश्कर्षमा पुग्न बाँकी रहेको भन्दै बादरमुडे घटनाका स्थानीय पिडितहरुले न्याय पाउने र कांग्रेस न्यायका पक्षमा रहने भन्दै पिडित परिवारका सदस्यहरुसँग भेटेर हालको अवस्थाबारे चासो राखेका थिए । स्मरण रहोस , घटनामा माडीबाट सदरमुकाम भरतपुर आउँदै गरेका ३७ जना नागरिकको ज्यान गएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।