शनिबार, बैशाख १५, २०८१

आज बडादसैंको ७औ दिन, घरघरमा फुलपाली भित्र्याइँदै

देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो

काठमाडौ आश्विन ३०, आज बडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरुले आफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । फूलपाती भित्र्याउन कुनै साइत नचाहिने भन्दै नेपाल पञ्चांग निर्णयक समितिले मङ्गलबार बिहानको शुभसाइतमा आज देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागिरहेको छ

सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । यसैबीच, नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको पूजा अर्चना पनि गरिंदै छ ।आजकै दिन हनुमानढोकास्थित दसैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले ल्याउने चलन छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।