शुक्रबार, बैशाख १४, २०८१

अव एटिएम कार्डको प्रयोगबाट मुद्राको कारोवार मात्र नभइ पानी पनि पिउन पाइने

 काठमाडौ असोर २५ ,अव एटिएम कार्डको प्रयोगबाट रुपैया झिक्न मात्र हाृइन पानी पनि पिउन पाउँने भएको छ ।  आज नेपालमानै पहिलो पटक ललितपुरको भैँसेपाटीस्थित बोर्डको परिसरमा केयुकेल व्यवस्थापन बोर्डको सक्रियतामा शुरु गरिएको खानेपानीमन्त्री बीना मगरले खानेपानीमन्त्री बीना मगरले वाटर एटिएमबाट झरेको पानी पिउँदै वाटर एटिएमको नमूना सार्वजनिक गर्नुभएको छ ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव राणाले दिइएको जानकारी अनुसार प्रस्तुत प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको जानकारी दिदै नेपालीमा पधेँरो नामकरण गरिएको यसबाट निश्चित पैसा तिरेपछि पानी पिउन पाइने जानकारी दिनु भएको छ ।

त्यस्तै तत्कालालइ वाटर एटिएमबाट २०० मिलिलिटर र एक लिटर पानी पिउन पाइने व्यवस्था गरिएको २०० मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ कायम गरिएको जानारी दिइएको छ । तर यसका लागि एटिएम मेसिनमा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटिएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको जनाउँदै तत्कालालाइ वाटर एटिएम ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौँ उपत्यकाभित्र विस्तार गर्दै लगिने केयुकेलले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।