बुधबार, बैशाख १९, २०८१

कर्पोरेशनलाइ थप सेवामूलक संस्थाको रूपमा विस्तारित गर्ने मन्त्री यादवको प्रतिवद्धता

उत्कृष्ट व्यवस्थापनको पर्यावाची साल्ट टेडिङ कर्पोरेशनको ५६ औं वार्षिकउत्सव

   काठमाडौ भाद्र २७, विगत ५ दशक भन्दा लामो समयअघिदेखि प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणा अनुरुप उपभोक्ताको सेवामा जस्तोसकै विषम परिस्थतीमा पनि उपभोक्ताको सेवामा समर्पित ह्ँदै आएको साल्ट ट्रेडिङ कर्पाेरेशनले आज आफ्नो स्थापना दिवसको ५६ औं वर्षगाठ एक भव्य कार्यक्रमकावीच मनाएको छ । वार्षिकउत्सवको क्रममा आयोजित औपचारिक कार्यक्रमलाइ सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पाेरेशनको विगत वर्तमानको कार्य सम्पादनको मूल्याङकन गर्दै भविष्यमा थप सेवामूलक संस्थाको रूपमा विकास गरिदै लैजाने बताउँनु भएको छ ।

 त्यस्तै कर्पाेरेशनले वार्षिकउत्सवको क्रममा तोरीको तेल उत्पादन गर्न लागेको जानकारी दिदै यसको लागि विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरू खरीद पक्रिया शुरु गरेको जानकारी सहित कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको कर्पाेरेशनले जनाएको छ ।

त्यस्तै सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पाेरेशनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको जनाउ पदनु भएको उक्त कार्यक्रममा कर्पाेरेशनका प्रमुख कार्यकारी प्रमुख उर्मिला श्रेष्ठले विगतमा जस्ता आसन्न दशै, तिहार तथा छठपर्वको अवसरमा पनि प्रदेशमा सुपथ मूल्यका पसलमार्फत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिनुभएको छ ।  वार्षिकउत्सवको क्रममा रु ७५ हजार र सम्मानपत्र सहितको बालहितकारी पुरस्कार मानव सेवा आश्रम भरतपुरलाइ त्यस्तै रु २५ हजार राशिको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ र लक्ष्मण गजुरेललाइ प्रदान गरिएको थियो भने रु ३५ हजार , रु ३० हजार र २५ हजार र प्रमाणपत्र सहितको ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरिएको थियो ।

 कर्पोरेशनले आयो नून, शक्ति नून, तेज नून एवं भानु नून गरि चार ब्राण्डको नून नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । सार्क राष्टहरुको तुलनामा नेपालमा बिक्री गरिने नूनको मूल्य सस्तो रहेको छ । विभिन्न समयमा गरिएको सर्वेक्षणबाट स्पष्ट हुन्छ कि नेपालमा आयोडिनको कमिले हुने विकृतिबाट अब कुनै पनि बालबालिका लुलो लंगडो, सुस्त मनस्थितिका जन्मने छैनन् । आयोडिन प्रत्येक व्यक्तिलाई नियमित नै चाहिने र हाल यसको कमिले हुने विकृति नदेखिए पनि आयोडिनको सेवन गर्न छोडिएको खण्डमा पुनः देखापर्न सक्ने भएकोले आयोडिनको सेवन नियमित रुपमा गर्नुपदछ । देश र जनतालाई नून जस्तो अत्यावश्यक वस्तुको साथै जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार भएको आयोडिन समेत खुवाएर साल्ट टेडिङले देश र जनतालाई गरेको सेवाको सराहना गर्नैपर्छ । आयोडिनको कमिबा६ हुने विकृतिलाई नियन्त्रणमा ल्याउन सक्नुको मुख्य कारण नेपालमा आयोडिन नयुक्त नूनको बितरणा प्रणाली हो र यसप्रकारको बितरण प्रणालीलाई निरन्तरता दिनुपर्छ भन्ने आयोडिनको क्षेत्रमा कार्य गर्ने विज्ञहरुको राय छ । अन्य संस्थानहरु आर्थिक रुपमा घाटामा गई कारोवार समेत न्यून हुंदै गईरहेको अवस्थामा एउटा छुट्टै अस्तित्वका साथ संचालित साल्ट टेडिङ कर्पोरेशन लि स्थापनाकाल देखि नै प्राय प्रत्येक वर्ष आफ्ना लगानीकर्ता शेयरधनीहरुलाई लाभांश एवं बोनस शेयर दिंदै आएको कारण कर्पोरेशनको व्यवस्थापन नेपालकै उत्कृष्ट मानिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31