बुधबार, बैशाख १९, २०८१

तीजपर्वको शुभकामना दिदै राष्ट्रपति, उपराष्ट्रपति र प्रम ओलीले यसो भने …

 काठमाडौ भाद्र २७ नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तीज पर्व सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको बताउँनु भएको छ । उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उल्लेख गर्दै नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको बताउनुभएको छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वको श्भकामना दिदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो रहेको स्पष्ट पार्दै उहाँले विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

त्यस्तैगरि प्रधानमन्त्री केपी ओलीले तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । साथै तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर नलाग्न प्रम ओलीले आग्रह गर्नुभएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31