बुधबार, बैशाख १९, २०८१

राष्ट्रपति भण्डारी सहित ७ लाखभन्दा बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन एवम् पूजाअर्चना

 काठमाडौ भाद्र २७, भाद्र शुक्ल तृतीयाका दिन मनाइने महिलाको महत्वपूर्ण पर्व तीजका अवसरमा आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति विकास कोषले जनाएको छ । मन्दिरमा आएका दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । तीजका दर्शनार्थीलाई प्रवेश गराउन मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरियो कोषले जनाएको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । तीजपर्वका अवसरमा मन्दिर दर्शनको लागि पाश्पतक्षेत्र पुग्नु भएकी राष्ट्रपति भण्डारीलाइ पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल सहित कोषका पदाधिकारीहरुले , स्वागत गर्नुभएको थियो भने पशुपतिनाथ मन्दिरका मूल भट्टले फूल एवं प्रसाद दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31