सोमवार, बैशाख २४, २०८१

स्वयम्भुमा भेटियो निजीकारभित्र शव

काठमाडौं भाद्र २१/ विष्णु विष्ट ,  बिहिबार एका विहानै स्वास्थ्य लाभको कामना गर्दै मनिङवाकमा गएका व्यक्तिहरुले स्वयम्भु हाइटमा पार्किङ गरिरहेको अवस्थामा बा ८ च ७०२१ न को मारुती सुजुकी कम्पनीको निजी कार जुन कारको  बन्द ढोकाबाट रगत बगिरहेको अवस्थामा कारमा शव भेटिएको छ ।

 प्रहरीका अनुसार कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव रहेको जनाउँदै अनुसन्धानपछि उक्त शव काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ रहेको जनाएको छ ।

साथै यस सम्बन्धमा थप अन्सन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।