सोमवार, बैशाख २४, २०८१

वरिष्ठ लोक बाद्यवादक डंगोल र वरिष्ठ गायीका थापा सम्मानीत

काठमाडौं भाद्र २१ , नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायीका तीर्थ कुमारी थापालाई आज एक कार्यक्रमवीच सम्मान गरीएको छ । नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुभएकी सह प्राध्यापक नेपाली लोक संगीत/ललितकला क्याम्पस, तथा गायीका शोभा तिवारी लोहनीको ६६ औं जन्मजयन्तीको अवसरमा उहाँहरुलाइ सम्मान गरीएको हो ।

शोभा अर्जुन संगीत कोष र नेपाली लोक बाजा संग्रहालयको संयुक्त आयोजना तथा सांस्कृतिक संस्थानको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा आजै लोहनीद्वारा गाइएका केहि गीतहरु श्रद्धाञ्जली स्वरुप उहाँकै विद्यार्र्थीहरु तथा सांस्कृतिक संस्थानका कलाकारद्धारा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा कालजयी राष्ट्र्यि गीत नेपाल जननी बन्दे, लगाएत आधुनिक गीतहरु जसलाइ मैले जिन्दगी ठानें , बुझ्नै कठिन भैसक्यो, सँधै हरीलो सधैं भरीलो लगायतका विभिन्न गीत प्रस्तुतिसंगै साथै लोहनीले गाएका गीतको संगालीएको गीति संग्रह “संगीत र समर्पण” पनि आजै बिमोचन गरीएको छ । कार्यक्रममा गायीका शोभा तिवारी लोहनीको जिवनमा आधारित निर्माणाधिन बृत्तचित्र “शोभाका स्मृतिहरु”का केही झलक पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गायिका लोहनीका परिवारले उनको स्मृतिमा    २ लाख राशी  रहेको  शोभा अर्जुन संगीत कोषको समेत घोषणा   गरीएको छ । कोषको निम्ती २०७५ साल असार ३१ गते नै डार्विन बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कलंकीमा २ लाख रुपैयाँ जम्मा रकम जम्मा भइसकेको छ ।  त्यस्तै कोषका लागि गोबिन्द ढकाल र तुलसा ढकालले करीब पचास हजार रुपैयाँ  त्यस्तै   त्रि वि वि ललितकला क्याम्पस केन्द्रिय विभाग प्रमुख ज्ञानुराधा गोरखालीले बीस हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको  उक्त  कार्यक्रम संस्कृतिविद तथा लोकवार्ताविद श्री तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।