सोमवार, बैशाख २४, २०८१

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अव खाना पकाउने ग्यासको मूल्य १४ सय

काठमाडौं भाद्र २१, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

बढ्दो पेट्रोलियम पदार्थको मूल्य अनुसार पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बृद्धि भएको र यो  मूल्य वृद्धि भएसँगै अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको निगमले जनाएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।