शनिबार, बैशाख १५, २०८१

मंगलवारबाट आसन्न वडादशैँको लागि अग्रीम टिकट बुकिङ खुल्ने

 काठमाडौ असोज ८,आसन्न वडा दशैँ मनाउन घर जाने यात्रुहरूका लागि अग्रीम टिकट बुकिङ असोज ९ गतेबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेसंगै मंगलवारबाट अग्रीम टिकट बुकिङ ख्ला गर्न लागेको हो ।

यसअघि यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत असोज ५ गतेदेखिनै अग्रीम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएपनि यसवीचमा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला इन्कार गरेका थिए ।

महासङ्घका महासचिव सरोज सटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि भोलिदेखि टिकट बुकिङ खुलाउने निर्णय भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।