आइतवार, बैशाख १६, २०८१

 सांस्कृतिक संरक्षित क्षेत्र टोखाको विकासका लागि एकीकृत योजना आवश्यक: रक्षा मन्त्री पोखरेल

 शताब्दी पुरुष जोशीको अभिनन्दन

काठमाडौं साउन २७ ,  रक्षामन्त्री इश्वर पोखरेलले प्राचिन एवम् पौराणिकताका साथै सांस्कृतिक नगरी टोखाको महत्वलाइ अझ विस्तारित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नकालागि एकीकृत योजना आवश्यक रहेको बताउँनु भएको छ । टोखा संस्कृति सम्पदा संरक्षण मञ्चद्दारा आज राजधानीमा आयोजित ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुषको अभिनन्दन तथा सांस्कृतिक संरक्षित क्षेत्र टोखाको कार्ययोजनापत्र सार्वजनिक कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो अभिव्यक्ति दिनु भएको हो । 

 त्यस्तै कार्यक्रममा अभिनन्दित शताब्दी पुरुष जोशीले टोखामा विद्यमान संस्कृतिको संरक्षणसंगै पर्यटनको विकास निर्वादरुपमा सफल हुने बताउँदै उहाँले सस्कृति पर्यटनको प्रवद्धनबाट मुलुकको समृद्धिको मार्ग पहिल्याउँन सकिने जिकिर गर्नु भएको थियो ।

त्यस्तै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासका लागि नगरपालिकाले गुरु योजना सहिथ कार्यारम्भ गरिसकेको बताउँदै टोखा नगरपालिका लाइ नमूना नगरपालिका बनाउन सहकार्यको खाँचो रहेको बताउँनु भएको थियो भने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टोखाभित्रका मत्वपूर्ण सम्पदाको रुपमा पहिचान गरिएको तलेजु, मुस्कानेश्वर महादेव र नारायण मन्दिरको पुनःनिर्माणका लागि विभागले सहयोग गरिसकेको जानारी दिनु भएको थियो ।

 

मञ्चका अध्यक्ष मनिराज डङ्गोल, टोखा–२ का वडाध्यक्ष दीपकराज जोशी, समाजसेवी हीराकाजी महर्जनलगायतले टोखाको महत्वमाथि प्रकाश पार्नु भएको थियो । यसअघि अभिनन्दित व्यक्तित्व शताब्दी पुरुष जोशीलाइ बग्गी आरोहण सहित नगर परिक्रममा गराईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।