मङ्लबार, बैशाख २५, २०८१

राजधानीमा महासंग्राम २०१८ अन्तर्राष्ट्रिय बहस च्याम्पियनशिप प्रतियोगिता हुँदै

 काठमाडौं साउन २२ , नेपालका युवा बहसकर्तालाई नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभव प्रदान गर्ने लक्ष्य सहित डिबेट नेटवर्क नेपाल र जेभियर एकेडेमीको सहआयोजनामा महासंग्राम २०१८ अन्तर्राष्ट्रिय बहस च्याम्पियनशिप साउन २५९२८ सम्म जेभियर एकेडेमी, काठमाडौमा सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा ६० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले मुख्य तीन विधामा प्रतिस्पर्धा गर्ने प्रस्तुत महासंग्राम बेलायती संसदीय शैलीमा संचालन हुने छ । त्यस्तै प्रतियोगितामा कुल ५ प्रारम्भिक चरणको बहस हुने र बहसबाट छानिएका उत्कृष्ट १६ टोली ओपन विधाको अन्तिम १६का लागि छनोट हने बताईएको छ ।

त्यसपछि अन्तिम ८, ४ हुदै १ विजेताको घोषणा गरिने र नयाँ टोली मध्येका उत्कृष्ट ६ टोली नोभिस विधामा छनोट हुने बताईएको छ । त्यसपछि नोभिस प्रिफाइनल र फाइनल गरि विजेताको घोषणा हुनेछ भने नेपाली भाषा तर्फको विधामा उत्कृष्ट ४ टोली सिधै फाइनलमा पुग्नेछन् र त्यसबाट विजेताको टुंगो लाग्ने समाचारमा जनाईएको  छ  । साथै प्रतियोगिताका मुख्य निर्णायक प्यानलका सदस्य बंगलादेशका आकिब फरहान हुसेनले  गर्नेभएको  छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु