बलात्कारीलाई कारवाही गरि कानुनी राज्यप्रतिको जनताको विस्वासलाइ मजवुत बनाउँन राज्य चुक्न नहुनेमा युवा मानवअधिकार अभियन्ता खड्काको जोड
काठमाडौ भाद्र ९, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरीकी निर्मला पन्त र परिवारले न्यायको माग गर्दै युवाहरुले माईतिघर मण्डलामा १ घण्टा शान्तिपुर्ण प्रर्दशन गरेका छन । प्रदर्शनमा निर्मला पन्तको घटनामा उच्चस्तरिय छानविन समितिको गठन गर, न्यायको लागि भएको आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर, कानुनी शासनको सुनिश्चिता गर, देश भरी बढिरहेको हत्या बलात्कार जस्ता जघन्य अपराध अन्त्य गर जस्ता नारा बोकेका प्लेकार्ड प्रर्दशन गरेका थिए ।
प्रर्दशनपछि कोणसभामा बोल्दै – युवाहरु गोली खान तयार छन तर न्यायको आन्दोलन नरोकिने कञ्चनपुर निवासी तारा प्रकाश मिश्रले बताए । देशव्यापीरुपमा हत्या र बलात्कारका घटना बढिरहेको हुनाले सरकारले शान्ति सुरक्षा स्थितिको सुदृढीकरण गर्नु पर्नेमा युवा अभियन्ता नारायण कडेरियाले जोड दिए । कञ्चनपुर घटनामा भिमदत्त नगरपालिका मेयरका भतिजा तथा एसपीका छोरा पनि सम्लग्न भएको स्थानिय वासीको आशंका भएकाले उनीहरुलाई छानविनको दायरामा ल्याउनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । प्रदर्शनीको कोणसभामा युवा अभियान्ता नारायण कँडेल, उर्मिला थारु, निरन्जन थापा लगायतले बलात्कारीलाई तुरुन्त कारवाही गर्नु पर्ने माग राखेका थिए । शान्तिपुर्ण प्रदर्शनको आयोजना युथ एड्भोकेसी नेपाल, आयोन, एनसिइएफ लगायतका युवा सम्वन्धी संघ संस्थाले गरेका थिए ।
यसैवीच सुनकोशी सन्देश त्रैमासिकका प्रधान सम्पादक युवा मानवअधिकार अभियन्ता ललितध्वज खड्काले निर्मला पन्तको वलात्कार पछि भएको हत्या आफैमा चरम अराजकता भएको जिकिर गर्दै तत्काल हत्याराको पहिचान गरि कानुनी राज्यप्रतिको जनताको विस्वासलाइ मजवुत बनाउँन राज्य चुक्न नहुने र यसबाट मात्र कानुनी शासनको अवधारणाले सार्थकता पाउँने बताउँनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान