शनिबार, बैशाख १५, २०८१

मप बैठक: कञ्चनपुर घटनाको दोषीलाई कडा कारवाही गर्न निर्देशन,पन्तको परिवारलाई रु १० लाख राहत दिने निर्णय

 शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप रु १० लाख सहायता दिने निर्णय

काठमाडौ भाद्र ९,  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनाको भत्र्सना गर्दै पन्तको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कञ्चनपुर घटनाको सवालमा जिल्लास्थित सर्वपक्षीय बैठकको सुझावसमेतलाई ध्यान दिदै आजको बैठकले घटनाको शीघ्र छानबिनसहित दोषीलाई कडा कारवाही गर्न निर्देशन दिइसकेको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले कञ्चनपुर घटनाको क्रममा भएको प्रदर्शनकारी र प्रहरीवीच  भएको झडपको क्रममा क्रममा मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप रु १० लाख सहायता दिने निर्णय सहित शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुको अलावा घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले निःशुल्क उपचार गर्ने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।