आइतवार, बैशाख १६, २०८१

भाद्र १५ गतेबाट ट्रमाडोल चिकित्सकको सिफारिशविना बिक्री गर्न नपाइने

 काठमाडौ भाद्र ७ , औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक आगामी भाद्र १५ गतेबाट पूर्णत रोक लगाउने भएको छ । साथै औषधि पसलले चिकित्सकले सिफारिश गरेका ट्रमाडोलको विक्रि अभिलेख राख्नु पर्ने व्यवस्थाको कार्यान्वयमा विभाग लागि परेको जनाएको छ ।

दुखाइ कम गर्न प्रयोग हुने प्रस्तुत औषधीको गलत प्रयोग हुन थालेको समाचार सार्वजनिक भएसंगै विभागले औषधीको बिक्रीवितरणमा रोक लगाउन लागेको हो ।  त्यस्तै विभागले औषधि उत्पादक कम्पनी तथा आयातकर्तालाई पनि के कति मात्रामा सो औषधि उत्पादन एवं आयात गरिएको हो भन्ने यकिन तथ्याङ्क विभागमा बुझाउन आग्रह गरिएको जानकारी दिदै विभागका महानिर्देशक नारायण ढकालले ट्रमाडोलको विक्रिवितरणमा विभाग कडाइका साथ प्रस्तुत हुने जानकारी दिनु भएको छ ।