शनिबार, बैशाख १५, २०८१

बैकिङ कसुरको अभियोगमा आधादर्जन अभियुक्त पक्राउ

 काठमाडौ भाद्र १३,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंकलाई रु दुई करोड २८ लाख ३८ हजार हानि पु¥याउने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्यूरोद्दारा जारी विज्ञप्तिमा बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई हानि पु-याउएको अभियोगमा े ती व्यक्तिलाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा उल्लेख भएअनुसार पक्राउ पर्नेमा बैङ्कका कर्मचारीहरु वरिष्ठ सुन जाँचकी भक्तपुर घर भइ हाल कामपा वडा न २५ बस्ने वर्ष २६को सामिन शाक्य र भक्तपुर इटाछे बस्ने सहायक सुन जाँचकी विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभागका अमितराज बज्राचार्य, ऋणी मोरङे घर भइ हाल कामपा ३३ बस्ने लभ बराइली र सङ्खुवासभा घर भइ हाल कामपा वडा न २८ बस्ने उमेशराज बराइली रहेको जनाउँदै पक्राउ परेकालाई उच्च अदालत पाटनबाट आज सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।