शनिबार, बैशाख १५, २०८१

काँग्रेसलाई विरोधको लागि विरोध भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न मन्त्री ज्ञवालीको आग्रह

भक्तपुर साउन २७ , रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका बिरुद्ध तथाकथित अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाउँने कार्य गरिरहेको बताउनु भएको छ । यद्यपी प्रतिपक्षीको उक्त हल्ला आफैमा चियाको बाफ उडे जस्तै उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने उहाँको विकिर रहेको थियो ।  त्यस्तै उहाँले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान प्रतिबद्ध रहेको जनाउ दिदै सरकार लक्षित आलोचनालाई सरकारले सुझाबको रुपमा लिने गरिएको जिकिर गर्नु भएको छ ।

साथै मन्त्री ज्ञवालीले प्रतिपक्षको रुपमा नेपाली काँग्रेसले बिरोधका लागि बिरोध मात्रै गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो–“सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि बिरोध गरेर चर्चामा आउँन भन्दा पनि काँग्रेसलाई विरोधको लागि विरोध भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।  त्यस्तैगरि सम्बृद्धि नेपाल, सुखी नेपालको सरकारको अभियान सफल पार्न सरकार युद्धस्तरमा लागिपरेको र यसको लागि कुटनीतिक प्रयास अन्र्तगत भारतसंग विश्वासको आधार निर्माण गरिसकेको, चीनसंग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको भन्दै आगामी ३ वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउँने, र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरमा देशलाई ल्याउन दाताहरुको सहयोग समेत जुटाउँने कामका लागि लागिपरेको बताउँनुभएको छ ।

त्यस्तै उहाँले अघिल्लो सरकारले गरेको नियक्ति बदर गर्दै प्रतिशोध साध्ने काम सरकारले नगरेको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो–“वर्तमान् सरकारले देउवा सरकारले गरेको नियुक्ती बदर गरेको होईन, देउवा सरकारले माओवादीका मन्त्रीहरुलाइ विना विभागिय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचार संहिता बिरुद्ध निर्वाचनलाई नै पभावित पार्ने गरि गरेको नियुक्ती वदर गर्न खोजेको हो ।”
सरकारले गरेको वदरलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट उल्टाउँने प्रयास गरेपनि अन्तत ः अन्तिम फैसलामा सरकारको निर्णयलाई सर्वोच्चले सदर गर्नेमा सरकार विश्वस्त रहेको भनाई सहित संविधानले नै प्रदेश र स्थानीय सरकारलाई पनि कर लगाउँन अधिकार दिएको स्मरण गराउँदै उहाँले जनताले दोहोरो कर भने तिर्नु नपर्ने त्यस्तो कर छ भने सरकारले हटाउँने बताउँनु भएको छ ।

Publish on: Aug 12, 2018