शनिबार, बैशाख १५, २०८१

कपोलकल्पीत र भ्रामक समाचारमा कुनै सत्यता नभएको महासंघको जिकिर

काठमाडौं साउन २९ ,   नेपाल पत्रकार महासंघले लुम्बिनीमा सम्पन्न चौथो पूर्ण बैठकका सम्बन्धमा केहि सञ्चार माध्यममा आएका गलत समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टद्दार आज जारी विज्ञप्तिमा लुम्बिनी बैठकमा जाँदा अध्यक्ष सहित केहि पदाधिकारीले हेलिकोप्टर प्रयोग गरेको भनी केहि सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दै  महासंघको बैठक र निर्णयहरुका बारेमा समेत गलत र भ्रामक समाचार प्रकाशित भएकोमा महासंघले प्रकाशित प्रशारित त्यस्ता आधारहीन समाचारको खण्डन गर्दछ भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा सिंगो नेपाली पत्रकारिता जगतको छाता संस्थाप्रति तथ्यहीन आक्षेप लगाएर महासंघको गरिमामा आघात पु¥याउने लक्ष्य सहित
केही सञ्चारमाध्यममा महासंघका पदाधिकारीप्रति आक्षेप लगाउँदै सम्प्रेषित समाचारले महासंघ र पदाधिकारीको प्रतिष्ठामा आघात पुगेको उल्लेख गरिएको छ । साथै आर्थिक मितव्ययिता र पारदर्शिताप्रति सधै प्रतिबद्घ महासंघको गरिमामा धावा वोल्दै प्रकाशित कपोलकल्पीत र भ्रामक समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।
साथै, महासंघ सबै पत्रकार र सञ्चारमाध्यमहरुलाई आचारसंहिता पालनामा गम्भिर हुन आग्रह गर्दछ । प्रकाशित समाचारका विषयमा आचारसंहिता पालना भए/नभएको प्रेस काउन्सिलबाट छानविन भई आवश्यक कारबाही हुनेमा महासंघ विश्वास राख्दछ भनिएको छ ।

Publish on: Aug 14, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।