सोमवार, बैशाख २४, २०८१

डा केसीको जीवनरक्षा गर्न आयोगको आग्रह

काठमाडौ असार २१,  राष्ट्रिय मानव अधिकार आयोगले बुधवार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी गत असार १६ गतेदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन र अनशनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गर्नु भएको उक्त विज्ञिप्तमा डा केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा केसीको जीवन रक्षा गर्न माग गरिएको हो ।

साथै विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न नगराउनसमेत आयोगले सम्बन्धित पक्षको समेत ध्यानाकर्षण गराएको छ ।