शुक्रबार, बैशाख २१, २०८१

मन्त्रीपरिषद बैठक: देउवा सरकारले गरेका सवै राजनीतिक नियुक्तिको खारेजी

काठमाडौं असार २०, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा नेपाली काँग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल  बास्कोटाकाले बैठकपछि दिनु भएको जानकारी अनुसार तत्कालीन देउवा सरकारले विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद् र बोर्डलगायतका संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय भएको जानकारी दिनुभएको छ ।

प्रवक्ता वास्कोटाका अनुसार आजको बैठकले राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुनः पेश गर्ने निर्णय गर्नुको अलावा चीनसँगको व्यापार तथा पारवहन सम्झौताको ‘प्रोटोकल’सम्बन्धी वार्ता र हस्ताक्षरका लागि अख्तियारीसहित ९ सदस्यीय समिति समेत गठन भएको जानकारी दिनु भएको छ । त्यस्तैगरि अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयको संघमा रहने निकायको संगठन र दरबन्दी स्वीकृत गरेको छ भने निक्षेप सुरक्षाको सीमा वृद्धि गर्ने निर्णय र स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकारका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने र सम्बन्धित निकायमा अभिलेख राख्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रवक्ता वास्कोटाका अनुसार आजको बैठकले प्रदेश नं २ का आन्तरिक मामिला तथा योजना राज्यमन्त्रीलाई अन्तर्राष्ट्रिय नेतृत्वसम्बन्धी एक कार्यक्रममा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको भ्रमणको स्वीकृति प्रदान गरेको छ भने कारागार नियमावलीको संशोधन एवम् थुनुवामा रहेका र बालबच्चाहरुलाई राशन र आर्थिक सुविधा वृद्धि गर्ने लगायतका निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।