सोमवार, बैशाख २४, २०८१

सशस्त्रका ५ एआइजीद्वारा राजीनामा

 काठमाडौ असार २१, सशस्त्र प्रहरीवलका ५ जना अतिरिक्त महानिरीक्षकले आज सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल मार्फत राजीनामा दिएका छन् ।  यसरी राजीनामा दिइने एआइजीहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको महानिरीक्षक खनालले एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाउनुभएको गृहमन्त्रालयले जनाएको छ ।

गत जेठ २७ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ३ जना मात्र एआईजी र सशस्त्र प्रहरीका ८ जना एआईजीको दरबन्दी कटौती गर्दै २ जना मात्र एआईजी राख्ने निर्णय गरेको थियो । यसरी सरकारले फाजिलमा रहेका पाँच जना एआइजीलाई पटक पटक राजिनामा दिन दवाव दिएपछि उहाँहरुले राजीनामा दिएको बुझिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।